कांग्रेससँगको बैठकका कारण संसद् बैठक बस्न ढिलासुस्ती

हिमाल प्रेस ३ जेठ २०८१ ११:३०
कांग्रेससँगको बैठकका कारण संसद् बैठक बस्न ढिलासुस्ती

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् वैठक केही ढिला गर्न अनुरोध गरेका छन्।

सभामुख देवराज घिमिरेसँग टेलिफोनमा कुराकानी गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल भइरहेकाले बैठक ढिला गर्न भनेका हुन्।

प्रधानमन्त्रीले आजको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई बोल्ने वातावरण बनाउन कांग्रेससँग बैठक बसिरहेको बताएका छन्।

बैठक ११ बजे बोलाइएको थियो। कांग्रेसले गृहमन्त्री सहकारी प्रकरणमा जोडिएकाले बोल्न नदिने बताउँदै आएको छ।

कांग्रेसले सहकारी प्रकरणका विषयमा छानबिन समिति बनाउन अनुरोध गरे पनि सत्तापक्ष मानेको छैन।

यही विषयमा निकाश निकाल्न सभामुखले बानेश्वरमा कानुनमन्त्री पदम गिरीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्।

छलफलमा कानुनमन्त्री पदम गिरी, उपसभाुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी छन्। आजको बैठकमा कांग्रेसले प्रतिरोध गर्ने बताएको छ भने एमालेले प्रतिरोधको प्रतिकार गर्ने बताउँदै आएको छ।

प्रकाशित: ३ जेठ २०८१ ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twelve =