नीति तथा कार्यक्रम निजी क्षेत्रलाई प्रोत्साहन दिने खालको छ : चन्द्र ढकाल

हिमाल प्रेस १ जेठ २०८१ २०:५३ | Tuesday, May 14, 2024
नीति तथा कार्यक्रम निजी क्षेत्रलाई प्रोत्साहन दिने खालको छ : चन्द्र ढकाल

काठमाडौँ-  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम अनुरूपको बजेट तर्जुमा गर्न आवश्यक रहेको बताएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा  आज (मंगलबार) संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतीपछि प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाउन नीति तथा कार्यक्रम अनुरूपको बजेट आवश्यक रहने बताएका हुन्।

ढकालले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको र निजी क्षेत्रलाई प्रोत्साहन दिने किसिमको रहेको बताएका छन्।

ढकालले विगतका नीति तथा कार्यक्रम पनि राम्रो हुँदाहुँदै प्रभावकारी कार्यान्वयन हुन नसकेकाले सार्वजनिक नीति तथा कार्यक्रम कार्यान्वयन प्रभावकारी हुनेमा सरकार प्रतिबद्ध रहनुपर्नेमा जोड दिए।

प्रकाशित: १ जेठ २०८१ २०:५३ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast