गोली प्रहार गरेर नियन्त्रणमा लिइयो लागुऔषध कारोबारी

हिमाल प्रेस १ जेठ २०८१ २०:३५ | Tuesday, May 14, 2024
गोली प्रहार गरेर नियन्त्रणमा लिइयो लागुऔषध कारोबारी

इटहरी- मोरङको रतुवामाई नगरपालिका-६ बाट लागूऔषध ओसारपसारमा संलग्न रहेका एक जना भारतीय नागरिकलाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ।

लागुऔषध खैरोहेरोइनको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतीय नागरिक ३४ वर्षीय भगीरथ हरिजन रहेका छन्। उनलाई मंगलबार (आज) दिउँसो ३ बजेतिर रतुवामाई नगरपालिका-६, कादुपाडाबाट नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

बीआर ३८ क्यू ३८३० नम्बरको मोटरसाइकल चालकसमेत रहेका उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण गर्दा एक जना प्रहरी कर्मचारीसमेत सामान्य घाइते भएको प्रहरीको भनाइ छ। प्रतिकारस्वरूप २ राउण्ड गोली तिघ्रामा प्रहार गरी नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ।

उनको साथबाट प्रहरीले १४९ ग्राम ब्राउनसुगर बरामद गरेको छ। गोली लागेर घाइते भएका हरिजनको प्रहरीको निगरानीमा मदन भण्डारी अस्पताल मंगलबारेमा उपचार भइरहेको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ जेठ २०८१ २०:३५ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast