सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

हिमाल प्रेस ३१ वैशाख २०८१ १४:१९ | Monday, May 13, 2024
सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ- सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ। सोमबार सिंहदरबारमा भएको भेटमा उनीहरूबीच सरकारको नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा छलफल भएको हो। छलफल सभामुख घिमिरेको कार्यकक्षमा भएको थियो।

सरकारले १ जेठमा सरकारको नीति तथा कार्यक्रम ल्याउँदैछ। त्यसका लागि संघीय संसदका दुवै सदनको संयुक्त बैठक १ जेठ दिउँसो ३ बजेका लागि बोलाइएको छ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै सदनमा अवरोध गर्दै आएको छ।

प्रकाशित: ३१ वैशाख २०८१ १४:१९ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast