विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिनुपर्छ : शिक्षामन्त्री

हिमाल प्रेस ३० वैशाख २०८१ १२:०७ | Sunday, May 12, 2024
विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिनुपर्छ : शिक्षामन्त्री सुमना श्रेष्ठ

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेका छन्।

सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएकोमा परिवर्तन नभएका पुस्तक पुनः प्रयोग गर्न सकिए उत्पादन र वितरणमा लाग्ने रकम बचत भई छात्रवृत्तिमा लगाउन सकिने उनको भनाइ छ।

मन्त्रीको सचिवालयका अनुसार कतिपय सामुदायिक विद्यालयको कक्षामै पुगेर पुस्तक पुनः प्रयोगबारे मन्त्रीले बुझाउने कार्यक्रम तय भएको जनाइएको छ।

प्रकाशित: ३० वैशाख २०८१ १२:०७ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast