संसद् अवरोध खुलाउन प्रधानमन्त्रीले थाले कांग्रेस नेताहरूसँग छलफल

हिमाल प्रेस ३० वैशाख २०८१ ९:२४ | Sunday, May 12, 2024
संसद् अवरोध खुलाउन प्रधानमन्त्रीले थाले कांग्रेस नेताहरूसँग छलफल प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांंग्रेस सभापति शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।

नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमति प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।

 

प्रकाशित: ३० वैशाख २०८१ ९:२४ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast