अर्जेन्टिनामा रेल दुर्घटना

हिमाल प्रेस २९ वैशाख २०८१ १९:२३ | Saturday, May 11, 2024
अर्जेन्टिनामा रेल दुर्घटना

ब्युनस- आयर्समा यात्रुवाहक रेल मर्मतसम्भार गर्ने रेलसँग ठोक्किँदा घाइते करिब ६० जनालाई अर्जेन्टिनाको राजधानीको अस्पतालमा पठाएइको अधिकारीहरूले बताएका छन्। घाइतेमध्ये टाउकोमा चोट लागेका दुई जनाको अवस्था गम्भीर छ।

दुर्घटना शुक्रबार स्थानीय समयानुसार बिहान १०:३० बजे पालेर्मोको उपनगरमा भएको थियो। सात डिब्बा भएको यात्रुवाहक रेल एक रेलवे पुलको ट्र्याकमा मर्मत गर्ने ट्रेनसँग ठोक्किएको थियो।

रेलवे कम्पनीले एक विज्ञप्तिमार्फत लोकोमोटिभ र पहिलो यात्रुवाहक डिब्बा पटरीबाट खसेको जानकारी गराएकाे छ। स्वास्थ्य अधिकारीहरूले दिनको अन्त्यमा त्यो सङ्ख्या ५७ पुगेको अपडेट गरेका छन्।

गम्भीर घाइते दुई जनालाई टाउकोमा चोट लागेको र उनीहरूलाई हेलिकप्टरबाट अस्पताल लगिएको आपत्कालीन सेवा अधिकारीकाे भनाइ छ। ती अधिकारीकाे भनाइमा अधिकांश पीडित शुक्रबार साँझसम्म डिस्चार्ज भइसकेका छन्।

प्रकाशित: २९ वैशाख २०८१ १९:२३ | Saturday, May 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast