भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

हिमाल प्रेस २९ वैशाख २०८१ ८:३० | Saturday, May 11, 2024
भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौँ- भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको छ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत  तीन करोडको आर्थिक सहयोगमा पाटन नगरपालिका–४ मा रहेको भूमेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुन लागेको हो।

भवनको पाटन नगरपालिकाका प्रमुख गौरी सिंहरावल र भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले शुक्रबार संयुक्त रूपमा शिलान्यास गरे।

भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ। भवन निर्माणका निम्ति पाटन नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

त्यसअवसरमा नगरप्रमुख रावलले नेपाली जनताको उन्नतिका लागि भारत सरकारले निरन्तर सहयोग गरेकामा कृतज्ञता ज्ञापन गरे।

‘बैतडीको पाटन नगरपालिकास्थित भूमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ भवन उपयोगी हुनुका साथै यसले शिक्षणका लागि राम्रो वातावरण सिर्जना गर्नेछ। साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्‍याउनेछ,’ भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिअनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनमा छन्भने चार सय ९० वटा परियोजना सम्पन्न भइसकेका छन्।

यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा ४० वटा परियोजना सञ्चालनमा छन्।

प्रकाशित: २९ वैशाख २०८१ ८:३० | Saturday, May 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast