सगरमाथाको चुचुरोमा पुगे रोप फिक्सिङ टोलीका १० सदस्य

हिमाल प्रेस २८ वैशाख २०८१ २१:३५ | Friday, May 10, 2024
सगरमाथाको चुचुरोमा पुगे रोप फिक्सिङ टोलीका १० सदस्य सगरमाथा

काठमाडौँ- डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीका १० सदस्य शुक्रबार राति ८ः१५ बजे सगरमाथाको चुचुरोमा पुगेका छन्। डोरी टाँग्ने जिम्मेवारी पर्वतारोहण सञ्चालक संघ नेपालको व्यवस्थापनमा सेभेन समिट ट्रेक्स प्रालिलाई दिइएको छ।

सेभेन समिट ट्रेक्सले डेन्डी शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा, नामग्याल दोर्जे तामाङ, सुकबहादुर तामाङ, दावा रिन्जी शेर्पा, दावा शेर्पा, रिन्जी शेर्पा, पेम्बा टासी शेर्पा, पेम दोर्जे शेर्पा र लक्पा शेर्पा सगरमाथाको चुचुरोमा पुग्न सफल भएको आफ्नो फेसबुक पेजमार्फत् जानकारी दिएको छ।

पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३७ आरोही समूहका ७० महिला र तीन सय २० पुरुष गरी कुल तीन सय ९० आरोहीले आरोहण अनुमति लिएका छन्। सगरमाथा आरोहणबाट मात्रै ५५ करोड ८५ लाख ४४ हजार चार सय ४९ रोयल्टी जम्मा भएको छ।

प्रकाशित: २८ वैशाख २०८१ २१:३५ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast