जुहारी

गगनलाई रविको चुनौती : ऋण लिएको प्रमाण पेस गर्न नसके राजनीति छोड्नुपर्छ

हिमाल प्रेस २८ वैशाख २०८१ १८:३२ | Friday, May 10, 2024
गगनलाई रविको चुनौती : ऋण लिएको प्रमाण पेस गर्न नसके राजनीति छोड्नुपर्छ रवि लामिछाने

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सूर्यदर्शन सहकारीबाट ऋण लिनका लागि आफूले निवेदन दिएको प्रमाण ल्याउन नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापालाई चुनौती दिएका छन्। उनले प्रमाण ल्याए राजनीति नै छाड्ने चुनौती दिएका हुन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले ऋण लिएको प्रमाण छ भन्दै संसद् बैठकमा अभिव्यक्ति दिएको प्रति उनले  यदी गगनले कुनै प्रमाण पेस गरे आफूले राजनीतिबाट बिदा लिने र प्रमाण ल्याउन नसके गगनले राजनीतिबाट बिदा लिनुपर्ने बताए।

‘संसदीय छानबिन समितिको चिन्ता भएन। माननीय गगन कुमार थापाले आफैँले ऋण मागेको प्रमाण छ भन्नुभयो, मेरो चुनौती छ, ‘ उनले भने, ‘उहाँले त्यो प्रमाण दिनुभयो भने, मैले कुनै ऋण माग्न निवेदन दिएको प्रमाण उहाँले दिनुभयो भने मैले राजनीति छाडिदिन्छु, नत्र उहाँले दिन सक्नुभएन भने उहाँले छाड्नुपर्छ।’

 

प्रकाशित: २८ वैशाख २०८१ १८:३२ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast