एकैदिन तोलामा २ हजार ३ सयले बढ्यो सुनको मूल्य

हिमाल प्रेस २८ वैशाख २०८१ १२:२८ | Friday, May 10, 2024
एकैदिन तोलामा २ हजार ३ सयले बढ्यो सुनको मूल्य फाइल तस्बिर

काठमाडौँ- स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्य तोलामा दुई हजार तीन सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो।

आजका लागि भने छापावाला सुन तोलामा एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ। त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो।

आजका लागि भने तेजाबी सुन एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ। यसैगरी, चाँदी भने तोलामा ५० ले बृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ।

प्रकाशित: २८ वैशाख २०८१ १२:२८ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast