१५ दिनभित्र बक्यौता कर तिर्न २५ करदाताको नाममा सूचना

हिमाल प्रेस २४ वैशाख २०८१ ८:१६
14
SHARES
१५ दिनभित्र बक्यौता कर तिर्न २५ करदाताको नाममा सूचना

काठमाडौँ- ठूला करदाता कार्यालयले कर नतिर्ने २५ करदाताको नाम सार्वजनिक गरेको छ।

पटकपटक अनुरोध गर्दा पनि कर दाखिला नभएको भन्दै कार्यालयले सोमबार १५ दिने सूचना जारी गरेको हो।

कार्यालयका अनुसार केही करदाताले पूरै तथा कर दाखिला नगरेको र केहीले कम दाखिला गरेको देखिएको कार्यालयले जनाएको छ।

सूचनामा १५ दिनभित्र आफ्नो नाममा कायम रहेको बक्यौता कर रकम दाखिला गर्न वा दाखिला गरिसकेको भए त्यसको प्रमाण पेस गर्न भनिएको छ।

तोकिएको अवधिभित्र कर दाखिला नगरेमा आयकर ऐनअनुसार कारबाही गर्ने चेतावनीसमेत कार्यालयले दिएको छ।

प्रकाशित: २४ वैशाख २०८१ ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast