माघ २० मा आउँदै ‘ह्यारीकी प्यारी’

हिमाल प्रेस २ मंसिर २०७९ ९:२७ | Friday, November 18, 2022
माघ २० मा आउँदै ‘ह्यारीकी प्यारी’

काठमाडौँ- फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ। निर्माण टिमले फिल्मको नयाँ पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरेको हो। फिल्म माघ २०मा प्रदर्शनमा आउनेछ।
यसअघि कात्तिक २५ मा सार्वजनिक हुने भनिएको फिल्मको मिति सरेको थियो। चुनाव र प्राविधिक कारण देखाउँदै फिल्मको प्रदर्शन मिति सारिएको थियो।
कपिल रिजालको निर्देशनमा बन्ने फिल्ममा जितु नेपाल र साम्राज्ञीराज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहेका छन्। निर्देशक रिजालको कथा, सुदीप बरालको पटकथा र संवाद रहेको फिल्ममा जितु ह्यारी र साम्राज्ञी प्यारी बनेकी छन्।
काठमाडौँ, पोखरा, पर्वत, चितवनलगायत ठाउँमा छायांकन भएको फिल्म जितु र साम्राज्ञीबाहेक विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराईलगायत कलाकारको अभिनय छ।

प्रकाशित: २ मंसिर २०७९ ९:२७ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast