बझाङमा एमालेका उम्मेदवार दोब्बर मतले अगाडि

हिमाल प्रेस १६ वैशाख २०८१ १६:०५ | Sunday, April 28, 2024
बझाङमा एमालेका उम्मेदवार दोब्बर मतले अगाडि

काठमाडौँ- शनिबार सम्पन्न बझाङमा प्रदेशसभा क्षेत्र नम्बर १(१) मा उपनिर्वाचनको मतगणना जारी छ। जारी मतगणनामा नेकपा एमालेका दमन भण्डारीले अग्रता कायमै राखेका छन्।

उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई दोब्बर मतले पछि पारेका छन्। छबिसपाथिभेरा गाउँपालिकाको १ र २ वडामा मतगणना सकिँदा एमालेका दमन भण्डारी ७५७ मत पाएका छन् भने कांग्रेसका सिंहले ३८० मत पाएका छन्।

माओवादीका जनक बुढाले २२६ मत पाएका छन्। त्यस्तै नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले भने जम्मा ३ मत मात्रै पाएका छन्।

आइतबार बझाङ र इलाम २ मा उपनिर्वाचन भएको थियो। इलाममा पनि मतगणना जारी छ। यहाँ भने कांग्रेसका उम्मेदवारले अग्रता बढाइरहेका छन्।

प्रकाशित: १६ वैशाख २०८१ १६:०५ | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast