जसपा कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई, यादव अमेरिका प्रस्थान

हिमाल प्रेस १६ वैशाख २०८१ १२:१६ | Sunday, April 28, 2024
जसपा कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई, यादव अमेरिका प्रस्थान फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई तोकिएको छ।

सो पार्टीका अध्यक्ष उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव शनिबार अमेरिका प्रस्थान गरेपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

अप्रिल ३० देखि मे ३ तारिखसम्म सङ्युक्त राष्ट्र संघीय सचिवालय न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा सहभागी हुन अध्यक्ष यादव शनिबार बेलुकी अमेरिका प्रस्थान गरेको र मे ७ तारिखमा स्वदेश फर्किने कार्यक्रम तय भएको समेत बस्नेतले बताए।

प्रकाशित: १६ वैशाख २०८१ १२:१६ | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast