रञ्जिताविरुद्ध रेशमले दायर गरेको मुद्दा : मिसिल झिकाउन सर्वोच्चको आदेश

हिमाल प्रेस १४ वैशाख २०८१ १७:०१ | Friday, April 26, 2024
रञ्जिताविरुद्ध रेशमले दायर गरेको मुद्दा : मिसिल झिकाउन सर्वोच्चको आदेश फाइल तस्बिर

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवादमा संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले शुक्रबार मिसिल झिकाउने आदेश दिएको हो।

पार्टीको महाधिवेशनबाट रेशम अध्यक्ष निर्वाचित भएपछि उनले केन्द्रीय कार्यसमितिको नामावली अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर, निर्वाचन आयोगले अध्यावधिक गर्न मानेन। र रञ्जितालाई नै अध्यक्ष कायम गर्‍यो। त्यसपछि रेशम सर्वोच्च पुगेका हुन्। यो मुद्दामा सुनुवाइका लागि वैशाख १८ गतेलाई अर्को पेसी तोकिएको छ।

प्रकाशित: १४ वैशाख २०८१ १७:०१ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast