एसएसपीको सरुवा : काठमाडौँ परिसरमा रजौरे, अपराध अनुसन्धानमा भट्टराई

हिमाल प्रेस १४ वैशाख २०८१ १३:३७ | Friday, April 26, 2024
एसएसपीको सरुवा : काठमाडौँ परिसरमा रजौरे, अपराध अनुसन्धानमा भट्टराई भट्टराई र रजौरे

काठमाडौँ– नेपाल प्रहरीका एसएसपीहरूको सरुवा भएको छ। काठमाडौँ प्रहरी परिसर प्रमुख र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सरुवा भएका हुन्।

गृहमन्त्री रवि लामिछानेले काठमाडौँ परिसरमा एसएसपी वसन्त रजौरेलाई ल्याएका छन्। यसअघि यहाँ एसएसपी भूपेन्द्र खत्री थिए। त्यस्तै अपराध अनुसन्धान प्रमुखमा एसएसपी सानुराम भट्टराईलाई ल्याइएका छन्। यसअघि सोमेन्द्र सिंह राठौर थिए। उनलाई राष्ट्रिय सुरक्षा परिषद्‌मा सरुवा गरिएको छ।

त्यस्तै  ‍प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्ले कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा भएका छन्।  कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ।

 

प्रकाशित: १४ वैशाख २०८१ १३:३७ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast