तान्जानियामा मुसलधारे वर्षा : १५५ जनाको मृत्यु

हिमाल प्रेस १३ वैशाख २०८१ २०:५८ | Thursday, April 25, 2024
तान्जानियामा मुसलधारे वर्षा : १५५ जनाको मृत्यु

तान्जानिया (रासस/एएफपी)- तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ।

वर्षाका कारण १५५ जनाको मृत्यु भएको छ। अन्य २३६ जना घाइते भएको प्रधानमन्त्री कासिम मजालिवाले बिहीबार संसदलाई जानकारी गराएका हुन्।

तान्जानियाको मुख्य भूमिको २६ इलाकामध्ये १४ इलाकामा आकस्मिक बाढी आएको छ, जसका कारण दुई लाख मानिस प्रभावित भएका छन्। १० हजार घरमा क्षति पुगेको मजालिवाले सदन समक्ष जानकारी गराए।

बाढीका कारण विद्यालयका पूर्वाधार, कृषिबाली, सडक, पुल, स्वास्थ्य संस्था र पशुचौपायामा क्षति पुगेको उनले बताए।

तान्जानियाको मौसम विज्ञान प्राधिकरणका अनुसार अल-निनोको अवस्थाबाट प्रभावित भारी वर्षा मे महिनासम्म रहने अनुमान गरिएको छ।

प्रकाशित: १३ वैशाख २०८१ २०:५८ | Thursday, April 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast