निजी अस्पताल जाने चिकित्सकलाई सरकारले दियो कारबाहीको चेतावनी

हिमाल प्रेस १३ वैशाख २०८१ १५:५४ | Thursday, April 25, 2024
निजी अस्पताल जाने चिकित्सकलाई सरकारले दियो कारबाहीको चेतावनी स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न राेक लगाएकाे छ। यसका साथै निजी अस्पतालमा उपचारका लागि आउने भनी सञ्चारमाध्यममा विज्ञापन गर्न पनि राेक लगाएकाे छ।

मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार एक पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक तथा मेडिकलमा काम नगर्न निर्देशन दिएको हो।

मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा काम मात्रै नभई उक्त प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ।

निर्देशन अटेर गरेमा कानुनबमाेजिम कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएकाे छ।

प्रकाशित: १३ वैशाख २०८१ १५:५४ | Thursday, April 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast