समाजवादीको महाधिवेशन कम्युनिस्ट एकताको पर्याय : झलनाथ खनाल

हिमाल प्रेस १२ वैशाख २०८१ १३:३३
8
SHARES
समाजवादीको महाधिवेशन कम्युनिस्ट एकताको पर्याय : झलनाथ खनाल फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आगामी दसौँ महाधिवेशन सफल पार्न एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन्।

नेता खनालले विज्ञप्ति जारी गर्दै नेपाली विशेषताको समाजवादी क्रान्तिको कार्यक्रम पहिलो पटक प्रस्तुत गरिने आसन्न महाधिवेशन नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको बताएका छन्।

यो महाअधिवेशनले विगत ७५ वर्षका अनुभवमाथि आधारित भएर देशको समाजवादी क्रान्ति, रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, क्रान्तिको बाटो, नेपाली समाजका आधारभूत र प्रधान अन्तर्विरोधहरूको विश्लेषण गरी क्रान्तिको वर्तमान अवस्थाको प्रमुख प्रतिद्वन्द्वी शक्तिजस्ता विषय निर्धारण गर्ने उनको भनाइ छ।
नेता खनालले लामो समयदेखि जनताको संघर्षबाट निर्माण भएको नयाँ संविधानले जनताले केही महत्वपूर्ण अधिकार स्थापित गरेको बताउँदै नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको बताए।

पुँजीवादी जनवादी क्रान्ति भएको दुई दसक पुग्नै लागेको उल्लेख गर्दै उनले भने, ‘यस अवधिमा जनतामाथिका पुँजीवादी शोषण र उत्पीडनहरु झन् भयावह बन्दै गएका छन सैनिक, जातीय, भाषिक र सामाजिक विभेदहरू अझ गहिरो बन्दैछन्।’

राष्ट्रिय उत्पादन बढ्न नसकेकाले राष्ट्रिय अर्थतन्त्र पराधीन बन्दै गएको, भ्रष्टाचार, अनियमितता र व्यथितिहरू विकराल बन्दै गएकोले हरेक दिन हजारौँ संख्यामा युवा जनशक्ति विदेशिनुपर्ने दुःखद् अवस्था सिर्जना भएकामा उनले चिन्ता व्यक्त गरे।

पुँजीवादी वित्तीय शोषण फैलिँदै गएको अवस्थामा समाजवादी क्रान्ति र रूपान्तरणको आवश्यकता रहेको उनले बताए।

अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेता खनालले शान्ति, विकास, स्थिरता र समृद्धिका निम्ति न्यायपूर्ण विश्व व्यवस्था स्थापना गर्न पार्टीको महाधिवेशनमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित: १२ वैशाख २०८१ १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =

© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast