नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता आतुर छन् : अर्थमन्त्री

हिमाल प्रेस १० वैशाख २०८१ २०:०४ | Monday, April 22, 2024
नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता आतुर छन् : अर्थमन्त्री

काठमाडौँ – अर्थमन्त्री वर्षमान पुनले आगामी लगानी सम्मेलनकाे तयारी पूरा भएकाे बताएका छन्।

आज (सोमबार) नेपाल लगानी बाेर्डले गरेकाे कार्यक्रम बाेल्दै उनले सम्मेलन सफल पार्न लगानीमैत्री वातावरण निर्माण, नीतिगत र प्रक्रियागत सुधार, दोहोरो करमुक्त सम्झौता तथा ‘सार्वभौम रेटिङ’ जस्ता महत्त्वपूर्ण काम पूरा भएको जानकारी दिएका हुन्।

अर्थमन्त्री पुनले सरकारले लगानीमैत्री वातावरण निर्माण गरेपछि लगानीका लागि कतिपय देशका लगानीकर्ता आतुर भएको दाबी गरे। उनले लगानी सम्मेलन अहिलेका हकमा काेसेढुंगा भएको र विकसित देशकाे सहभागिता रहने बताए।

‘लगानी सम्मेलनबाट कृषिकाे उत्पादन र रोजगारीका अवसरहरू सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवम् पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवम् स्वास्थ्य तथा शिक्षामा लगानी आउँछ,’ उनले भने, ‘लगानी क्षेत्रमा निजी लगानी आकर्षण गर्ने सन्दर्भमा लगानी सम्मेलनलाई फलदायी बनाउन सबै सरोकारवालाको भूमिका उत्तिकै महत्त्वपूर्ण छ। यसका लागि सरकारले तयारी गरिसकेकाे छ।’

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अहिलेकाे अवस्थामा लगानी सम्मेलन गर्न चुनाैती भए पनि लगानीकर्तालाई सहभागी गराउन धेरै प्रयासहरू भएको बताएका छन्। सम्मेलनमा एक हजारभन्दा बढी लगानीकर्ता सहभागी हुने उनले जानकारी दिए।

यसअघि सन् २०१७ र २०१९ मा नेपालमा लगानी सम्मेलन भएकाे थियो।

प्रकाशित: १० वैशाख २०८१ २०:०४ | Monday, April 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast