मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

हिमाल प्रेस १० वैशाख २०८१ १४:०५ | Monday, April 22, 2024
मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

मनाङ- हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन्। विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ। विसं २०८० मा २१ हजार चार सय ९५ पर्यटक भित्रिएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ।

वैशाखदेखि चैत मसान्तसम्ममा सो संख्यामा विदेशी पर्यटक भित्रिएका हुन्। तीमध्ये फ्रान्सका नागरिक बढी आगमन भएको तथ्यांकमा उल्लेख छ।

मनाङ फ्रान्सका नागरिकको रोजाइमा पर्ने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। उनका अनुसार फ्रान्सका एक वर्षमा दुई हजार चार सय ८२ मनाङ भ्रमणमा आएको तथ्यांकमा उल्लेख छ।

त्यस्तै इजरायलका एक हजार आठ सय २१ र जर्मनीका एक हजार सात सय ५४ नागरिक मनाङ भ्रमणमा आएको तथ्यांक रहेको उनले बताए। विदेशीको रोजाइमा मनाङ प्रमुख रहने गरेको पाइएको प्रमुख भुजेलले बताए।

उनले भने, ‘अन्य देशबाट पर्यटक आउने भए पनि यी देशका नागरिक बढी आउने गरेका छन्, संख्याको आधारमा यी धेरै हुन्, अमेरिका, चाइना, रसिया, भारतका पर्यटक पनि आउने क्रम बढ्दै गएको तथ्यांक हामीमा दर्ता भएका छन्।’

मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको उनको भनाइ छ।

प्रकाशित: १० वैशाख २०८१ १४:०५ | Monday, April 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast