गाजामा भीषण आगलागी, ७ बालबालिकासहित २१ जनाको मृत्यु

हिमाल प्रेस २ मंसिर २०७९ ८:४२ | Friday, November 18, 2022
गाजामा भीषण आगलागी, ७ बालबालिकासहित २१ जनाको मृत्यु

गाजा- उत्तरी गाजाको एक आवासीय भवनमा बिहीबार भएको भीषण आगलागीमा सात बालबालिकासहित कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको छ।

यस घटनामा अन्य ३० भन्दा बढी घाइते भएको सुरक्षा र चिकित्सक स्रोतहरूले बताएका छन्। जबलिया शरणार्थी शिविरको ताल–जातर क्षेत्रमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको इन्डोनेसियाली अस्पतालका निर्देशक सलाह अबु लैलाले जानकारी दिएका छन्।

प्यालेस्टिनी सिभिल डिफेन्सले एक विज्ञप्तिमा उद्धार टोली र धेरै सुरक्षाकर्मी घटनास्थलमा पठाएको घोषणा गरेको छ।

प्रारम्भिक अनुसन्धानले भवनभित्र ठूलो मात्रामा भण्डारण गरिएको इन्धनका कारण आगलागी भएको हुन सक्ने संकेत गरेको गाजाको आन्तरिक मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।

प्रकाशित: २ मंसिर २०७९ ८:४२ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast