लेखापरीक्षण प्रतिवेदन नबुझाउने २१ दललाई आयोगको स्पष्टीकरण

हिमाल प्रेस ९ वैशाख २०८१ १७:२७ | Sunday, April 21, 2024
लेखापरीक्षण प्रतिवेदन नबुझाउने २१ दललाई आयोगको स्पष्टीकरण निर्वाचन आयोग

काठमाडौँ– निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ। आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सात दिनभित्र जबाफ दिन भनेको छ। साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सात दिनभित्र सार्वजनिक गरी जानकारी दिने निर्देश गरेको छ।

आयोगका अनुसार आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिकले निरन्तर तीन आर्थिक वर्षसम्म पेस गरेका छैनन्। यसैगरी दुई आर्थिक वर्षसम्म प्रतिवेदन पेस नगर्ने राजनीतिक दलहरूमा गान्धीवादी पार्टी, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी परिवर्तन, सामाजिक एकता पार्टी, साझा पार्टी नेपाल छन्। यी सबै दललाई स्पष्टीकरण सोधिएको आयोगका सहप्रवक्ता रामदत्त पाण्डेयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आयोगमा दर्ता कायम रहेका एक सय १८ दलमध्ये आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयवाधिभित्र पेस गर्ने ८२ राजनीतिक दलमध्ये प्रतिवेदन सार्वजनिक नगर्ने २१ दललाई सात दिनभित्र सार्वजनिक गरी जानकारी दिन निर्देशन गरिएको छ।

समयमा लेखापरीक्षण सार्वजनिक नगर्ने दलमा मधेश तराई फोरम, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, त्रिमूल नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल, बहुजन समाज पार्टी नेपाल, सङ्घीय विकासवादी पार्टी, नेपाल, अखण्डसुदूरपश्चिम पार्टी नेपाल, मुस्कान सेना नेपाल पार्टी, बहुजन एकता पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान, नेपाल समाजवादी कांग्रेस, जनताको जनवादी पार्टी, नेपाल, मितेरी पार्टी नेपाल, विवेकशील साझा पार्टी, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), नेपाल लोकतान्त्रिक पार्टी छन्।

प्रकाशित: ९ वैशाख २०८१ १७:२७ | Sunday, April 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast