सत्ता गठबन्धन माघसम्म टिक्छ,चुनावअघिको गबठन्धनले राजनीतिलाई विकृत बनायो : थापा

हिमाल प्रेस ८ वैशाख २०८१ १६:१२ | Saturday, April 20, 2024
सत्ता गठबन्धन माघसम्म टिक्छ,चुनावअघिको गबठन्धनले राजनीतिलाई विकृत बनायो : थापा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म टिक्ने दाबी गरेका छन्।

इलाममा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले भने,‘म कसम खाएर भन्दिनँ तर म दाबी गरेर इलामेली जनताको अघि भन्नसक्छु,२०८१ सालको वैशाख ८ गते हो आज। अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईंहरूको बीचमा फेरि जवाफ दिन आउनेछु। मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको।’

महामन्त्री थापाले चुनावअघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताए। उनको भनाइ छ, ‘चुनावको अघिको गठबन्धन बेइमानी हो। चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो। चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो। त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ।’

प्रकाशित: ८ वैशाख २०८१ १६:१२ | Saturday, April 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast