मकवानपुरमा १३० किलो गाँजासहित सात जना पक्राउ

हिमाल प्रेस ५ वैशाख २०८१ २१:२४ | Wednesday, April 17, 2024
मकवानपुरमा १३० किलो गाँजासहित सात जना पक्राउ

बागमती- पर्सा राष्ट्रिय निकुञ्ज हुँदै प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गरिरहेको आरोपमा पक्राउ परेका सात जनालाई आज (बुधबार) जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ।

पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-४ माथिल्लो मसिने भनिने स्थानबाट लागुऔषध गाँजा एक क्विन्टल ३० किलो एक सय ५० ग्रामसहित मंगलबार पक्राउ गरेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको हो।

निकुञ्जअन्तर्गत पदमपोखरी सेक्टर लामिटारबाट खटिएको नेपाली सेनाको टोली र निकुञ्ज प्रशासनको संयुक्त टोलीले गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका–४ निवासी २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय वीरमान प्रजा, २७ वर्षीय हरिकुमार प्रजा, राक्सिराङ गाउँपालिका–७ निवासी १९ वर्षीय टीकाराम प्रजा, मनहरी गाउँपालिका–५ निवासी ३६ वर्षीय दीपक थापा मगर, मनहरी गाउँपालिका–३ निवासी ४४ वर्षीय रामहरि लुइँटेल र एक नाबालकलाई पक्राउ गरेको थियो।

पक्राउ परेकालाई आज सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। सबैमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

प्रकाशित: ५ वैशाख २०८१ २१:२४ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast