सुदूरपश्चिमको मुख्यमन्त्रीका दुवै दाबी अस्वीकृत, फेरि दाबी पेस गर्न दुई दिनको समय

हिमाल प्रेस ४ वैशाख २०८१ १८:२८ | Tuesday, April 16, 2024
सुदूरपश्चिमको मुख्यमन्त्रीका दुवै दाबी अस्वीकृत, फेरि दाबी पेस गर्न दुई दिनको समय

काठमाडौँ– सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका नागरिक उन्मुक्ति पार्टीका दुवै सांसदको दाबी अस्वीकृत भएको छ। प्रदेश प्रमुख नाजिर मियाँले नागरिक उन्मुक्ति पार्टीका दुवै दाबी अस्वीकृत गरेका हुन्।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेका थिए।

प्रदेश प्रमुख नजिर मियाँले दुवै जनाको दाबी नपुगेको जनाउँदै २ दिन समय दिएर फेरि दावी पेस गर्न आह्वान गरेका छन्। मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले सूचना जारी गरी जनाएका छन्।

केन्द्रको सत्ता गठबन्धनमा यहाँ नेकपा एकीकृत समाजवादी पार्टीलाई मुख्यमन्त्री दिने तयारी भएको छ।

प्रकाशित: ४ वैशाख २०८१ १८:२८ | Tuesday, April 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast