सेयर कारोबार निरन्तर ओरालो

हिमाल प्रेस ४ वैशाख २०८१ १६:२० | Tuesday, April 16, 2024
सेयर कारोबार निरन्तर ओरालो

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक विगत चार दिनदेखि निरन्तर ओरालो लागेको छ। साथै फागुन २० यता पहिलोपटक परिसूचक दुई हजारभन्दा तल झरेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक १४.८१ अंकले घटेर एक हजार १९९१.७१ मा सीमित भएको छ।

यसअघि सोमबार १६.८२, आइतबार २.३५ र बिहीबार १०.३ अंकले नेप्से परिसूचक घटेको थियो। स्टक एक्सचेन्जका अनुसार मंगलबार कारोबार रकम जम्मा २ अर्ब १० करोडमा खुम्चिएको छ। अघिल्लो दिन २ अर्ब ७९ करोडको कारोबार भएको थियो।

नेप्सेका अनुसार कुल ५४ लाख ७१ हजार ६८ कित्ता सेयर दुई अर्ब १० करोड ३० लाख १९ हजार दुई सय १८ रुपैयाँमा कारोबार भएको छ। कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु १७ करोड ५९ लाख ७८ हजार एक सय ६३ बराबरको कारोबार भएको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स सात करोड ४३ लाख ५३ हजार पाँच सय ७२, पोखरा फाइनान्स छ करोड ६८ लाख ९८ हजार दुई सय १४, सर्वोत्तम सिमेन्ट चार करोड ५९ लाख ८१ हजार चार सय ३४ र शिवम् सिमेन्ट चार करोड ४७ लाख ४३ हजार सात सय सात बराबर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

एसबीएस ऋणपत्र ९.९९, गोर्खाज फाइनान्स ९.९६, सिभिल बैंकको ऋणपत्र ८.१९, ग्रिन डेभलपमेन्ट बैंक ५.०२ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ४.०४ प्रतिशतले कमाएको नेप्सेले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८१ १६:२० | Tuesday, April 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast