सुप्रिम सहकारीको घोटालाबारे प्रहरीले बुझायो प्रतिवेदन, जीवी, पुनसहित २४ जनालाई प्रतिवादी बनाउन राय

हिमाल प्रेस ३ वैशाख २०८१ ८:३८ | Monday, April 15, 2024
सुप्रिम सहकारीको घोटालाबारे प्रहरीले बुझायो प्रतिवेदन, जीवी, पुनसहित २४ जनालाई प्रतिवादी बनाउन राय

लुम्बिनी- बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटालाबारे अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वलिकको कार्यालय रुपन्देहीलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ।

ओखलढुंगा घर भएका गितेन्द्रबाबु जीबी राईसहित २४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय सहितको प्रतिवृदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको हो।

१ अर्ब २ करोड मागदाबी लिनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन शुक्रबार बुझाइएको रुपन्देहीका एसपी रन्जित सिंह राठौरले जानकारी दिए।
सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाई पाण्डे, दिपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन्।

५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ। पुन चैत २ मा काठमाडौँबाट पक्राउ परेका हुन्।

सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन्। उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ। प्रहरी अनुसन्धानमा भने सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको देखाएको छ।

प्रकाशित: ३ वैशाख २०८१ ८:३८ | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast