२ हजार २ सयले घट्यो सुनको मूल्य

हिमाल प्रेस २ वैशाख २०८१ ११:४६ | Sunday, April 14, 2024
२ हजार २ सयले घट्यो सुनको मूल्य

काठमाडौँ- स्थानीय बजारमा धातु सुनको मूल्य घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला दुई हजार दुई सय रुपैयाँले घटेर एक लाख ३६ हजार आठ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला दुई हजार दुई सय रुपैयाँले घटेर एक लाख ३६ हजार एक सय ५० रुपैयाँ कायम भएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले घटेर एक हजार सात सय रुपैयाँ कायम भएको छ।

प्रकाशित: २ वैशाख २०८१ ११:४६ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast