काठमाडौँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमाल प्रेस १ वैशाख २०८१ १७:२४ | Saturday, April 13, 2024
काठमाडौँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ- काठमाडौँमा आज भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो।

दुर्घटनामा स्कुटर चालक काठमाडौँ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ वैशाख २०८१ १७:२४ | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast