भियतनाम : ठगी मुद्दामा अर्बपति ट्रुओङविरुद्ध मृत्युदण्डको फैसला

हिमाल प्रेस २९ चैत २०८० १९:२४ | Thursday, April 11, 2024
भियतनाम : ठगी मुद्दामा अर्बपति ट्रुओङविरुद्ध मृत्युदण्डको फैसला तस्बिरः एएफपी।

हनोई (रासस/एएफपी)- रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय ठगी मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले बताएको छ।

सन् २०१२ र २०२२ को बीचमा ६७ वर्षीया ल्यानले गैरकानुनीरूपमा साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको व्यवस्थापन गर्दा हजारौँ फर्जी फर्महरूमार्फत रकम लुटेको र सरकारी अधिकारीहरूलाई घुस दिएको अभियोग लगाइएको थियो।

ल्यानले आफूमाथि लगाइएको आरोपहरूको खण्डन गरेकी थिइन्। अल जजिराका अनुसार उनले गत साता अदालतमा आफ्नो अन्तिम बयानमा आत्महत्याको विचार आएको कुरा स्वीकार गरेकी थिइन्।

प्रमुख डेभलपर वान थिन्ह फाट अध्यक्ष ल्यानलाई बिहीबार हो चि मिन्ह सिटीमा सुनुवाइको अन्त्यमा घोटाला, घुसखोरी र बैंकिङ नियमहरूको उल्लंघन गरेकोमा दोषी पाइएको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल जजिराले बताएको छ।

गत वर्ष सन् २०२२ मा ल्यानको गिरफ्तारी सन् २०१६ मा सुरु भएको भ्रष्टाचारविरोधी अभियानमा सबैभन्दा हाई–प्रोफाइल गिरफ्तारीमध्येको एक थियो। सन् २०२२ पछि उक्त अभियानले गति लिएको छ।

प्रकाशित: २९ चैत २०८० १९:२४ | Thursday, April 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast