आज घट्याे सुनकाे भाउ

हिमाल प्रेस २९ चैत २०८० ११:४५ | Thursday, April 11, 2024
आज घट्याे सुनकाे भाउ

काठमाडाैँ- नेपाली बजारमा सुनको भाउ घटेको छ। गत आइतबारदेखि बढेकाे सुनकाे भाउ आज भने घटेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बजारमा छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

यो अघिल्लो दिनको तुलनामा प्रतितोला २०० रुपैयाँ कम हो। बुधबार सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघकाे भनाइमा आज तेजाबी सुन भने प्रतितोला एक लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ भने स्थिर छ। चाँदीको भाउ प्रतितोला एक हजार ७०० रुपैयाँ तोकिएको छ।

प्रकाशित: २९ चैत २०८० ११:४५ | Thursday, April 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast