इदका अवसरमा सामूहिक नमाज पाठ [तस्बिरहरू]

दिपेश श्रेष्ठ २९ चैत २०८० ११:०८ | Thursday, April 11, 2024
इदका अवसरमा सामूहिक नमाज पाठ [तस्बिरहरू]

काठमडौँ- देशभरका इस्लाम धर्मावलम्बीहरूले बिहीबार मस्जिदमा उपस्थित भई नमाज पढेर इद (इद-उल-फित्र) मनाइरहेका छन्। महिना दिन लामो व्रत अन्त्यका लागि परिवार र साथीभाइहरू भेला भएर ईदको शुभकामना तथा उपहार आदानप्रदान गर्दै यो पर्व मनाउने गरिन्छ।

पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा)पछि इदगाहहरूमा बिहीबार बिहान इद उल फित्र इदको सामूहिक नवाज पढिएको हो। इदका अवसरमा काठमाडौँको घण्टाघरस्थित जामे मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साटासाट गर्नेहरूको घुइँचो लागेको छ।

दाङ, नेपालगन्ज, इनरुवालगायतका ठाउँका मुसलमान समुदायले पनि मस्जिदमा भेला भएर नमाज पढेका छन्। उनीहरूले एकअर्कालाई अंगालो हालेर ईद मुबारक भन्दै शुभकामना साटासाट गरेका छन्।

मुस्लिम धर्मका अनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलामा’ गरी पाँचवटा स्तम्भ छन्। इस्लामिक पात्रोअनुसार रमजान पवित्र महिना हो। आजको दिन, मुस्लिम धर्मावलम्बीहरू मस्जिद वा कुनै खुला स्थानमा इदको प्रार्थनाका लागि भेला हुने गर्दछन्।

चन्द्रमाको गतिका आधारमा तय गरिने इद रमदान सकिएपछि सुरु हुने शुक्ल पक्षमा पहिलोपटक चन्द्रमा देखिएको भोलिपल्ट मनाउने गरिन्छ।

 

प्रकाशित: २९ चैत २०८० ११:०८ | Thursday, April 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast