सरकारलाई राप्रपाले भन्यो : साँचो हुनेले अहिल्यै भ्रष्टाचारको फाइल खोल

हिमाल प्रेस २८ चैत २०८० १३:१२ | Wednesday, April 10, 2024
सरकारलाई राप्रपाले भन्यो : साँचो हुनेले अहिल्यै भ्रष्टाचारको फाइल खोल फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्रीको आदेशमा मंगलबारको आन्दोलनमा आफूमाथि कुटपिट भएको बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा शान्तिपूर्ण आन्दोलन गर्दा १८ जना अस्पतालको बेडमा पुगेको उनले सुनाए।

‘चितवन प्रहरीले पक्राउ गर्दा रवि लामिछानेलाई काँध हालेर हिँड्ने म हुँ। हिजो मलाई गृह मन्त्रालयको आदेशमा डीएसपीलाई कुटपिट गर्न र मैले लगाएको कपडा च्यात्न लगाउनुभयो,’ शाहीले भने, ‘गृहमन्त्रीको हिजोको कदमको घोर भत्सर्ना गर्छु। मान्छे सक्किने बेलामा घरमा आगो लगाउँछ। हिजो काँध थाप्ने मानिसलाई आज कुट्न लगाउनुभयो।’

उनले शान्तिपूर्ण आन्दोलन गर्न पाइने भन्दै देशको संविधान ठूलो कि गृहमन्त्री ठूलो भनि प्रश्न गरे। शाहीले ०४७ सालको फाइल खोलौँ भनेर आफूहरूले माग उठाउँदै आएको बताए। अहिले कांग्रेस पार्टीका सांसदले फाइल खोलौँ भनेकोप्रति इंगित गर्दै अहिले नै खोल्न आग्रह गरे।

‘किन खोलौँ खोलौँ भन्ने चाबी तपाईंहरूको हातमा छ। सबै तपाईंहरूको हातमा छ। आजै अहिल्र्यै खौलौँ। ल, सुरु गरिहालौँ न त। किन टाढा जाने ?,’ उनले प्रश्न गरे। उनले गृहमन्त्रीलाई थमन विक, निर्मला पन्तको दोषीलाई कारबाही गर्छौँ भनेको कहाँ पुग्यो भनि प्रश्न गरे। त्यस्तै, सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग पनि गरे।

प्रकाशित: २८ चैत २०८० १३:१२ | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast