‘चप्पल लगाएर आएका नेताको चारवटा घर र पजेरो कहाँबाट आयो? छानबिन गरौँ’

हिमाल प्रेस २८ चैत २०८० १३:०९ | Wednesday, April 10, 2024
‘चप्पल लगाएर आएका नेताको चारवटा घर र पजेरो कहाँबाट आयो? छानबिन गरौँ’

काठमाडौँ– जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले गणतन्त्र आएपछि जनताले के पाए भन्दै प्रश्न गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नो दल जनता समाजवादी पार्टी पनि २०४७ साल पछि बनेका मन्त्री प्रधानमन्त्रीहरूको सम्पत्ति छानबिनको पक्षमा रहेको बताए। उनले गणतन्त्र आएको १७ वर्ष हुन लाग्दा जनतामा निराशा छाएको उल्लेख गरे।

‘जुन जनताले ढाल बनेर, लडेर ज्यानको आहुति दिएर गणतन्त्र ल्यायो त्यो जनता निराश छ। जनताले निःशुल्क शिक्षा, स्वास्थ्य पाएन तर नेताको मोजमस्ती बढेको छ,’ उनले भने, ‘बहुदल आयो खाली खुट्टा आएको नेताको घर चारवटा र पजेरो कहाँबाट आयो छानबिन गरौँ।’

पार्टीका प्रमुख सचेतक समेत रहेका यादवले नेताको मात्र हैन कर्मचारीतन्त्रको पनि सम्पत्ति छानबिन गरिनुपर्ने धारणा राखे। उनले सहकारीमा अर्बौं रकम आम नागरिकको डुबेको बताए। ‘मकै बेच्ने, पसल खोल्ने, पानको पसल, हजाम ठाकुरको पैसा डुबेको छ। यो पैसा कसरी निस्कने हो यसमा पनि ध्यान जान जरुरी छ,’ वीरगन्जको सानो पाइला सहकारीले अर्बौं रुपैयाँ ठगेर फरार छ। देशभरका सहकारीको छानबिन गरौँ।’

प्रकाशित: २८ चैत २०८० १३:०९ | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast