मधेशमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु

हिमाल प्रेस २८ चैत २०८० १०:१४ | Wednesday, April 10, 2024
मधेशमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु

जनकपुर- गृह मन्त्रालय र मधेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा मधेश प्रदेशको जनकपुर उपमहानगरपालिकामा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु भएको छ।

प्रदेशको सुरक्षा संरचना, शान्ति सुरक्षाको वर्तमान अवस्थालगायतका विविध विषयमा सरोकारवासँग छलफल गर्न आज एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको हो।

बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि सहभागी छन्। मधेशका आठै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख अधिकारीहरू, प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायका अधिकारीहरू गाेष्ठीमा सहभागी छन्।

बिहान साढे ८ बजेदेखि सुरु भएकाे गाेष्ठी  पाैने ४ बजेसम्म सञ्चालन हुने मधेश प्रदेश सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ।

प्रकाशित: २८ चैत २०८० १०:१४ | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast