असफलताको डरले ओटीटीमा रिलिज हुँदै ‘मिसन मजनु’

हिमाल प्रेस २ मंसिर २०७९ ६:३३ | Friday, November 18, 2022
असफलताको डरले ओटीटीमा रिलिज हुँदै ‘मिसन मजनु’

काठमाडौँ– हिन्दी फिल्म ‘मिसन मजनु’ ओटीटीमा सार्वजनिक हुने भएको छ। अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री रश्मिका मन्दाना मुख्य भूमिकामा रहेको फिल्मलाई निर्माण पक्षले सिनेमाघरमा नभई ओटीटीमा रिलिज गर्ने निर्णय गरेको छ।

नेटफ्लिक्समा जनवरी १८ मा फिल्म सार्वजनिक हुनेछ। शान्तनु बागचीले निर्देशन गरेको फिल्म सत्य घटनामा आधारित रहेको छ। फिल्ममा पाकिस्तानमा अवैध तरिकाले परमाणु बनाउने योजना र आतंकवादीहरूलाई समाप्त गर्ने एक भारतीय मिसनको कथा छ।

पछिल्लो समय बलिउडका केही फिल्मले सफलताको स्वाद चाख्न पाए भने केही नराम्ररी असफल भए। त्यसैले सुरुमा सिनेमाघरमा प्रदर्शनमा ल्याउने निर्णय गरेका निर्माताले आफ्नो निर्णय बदलिए। असफल हुने डरले नै ‘मिसन मजनु’लाई सिनेमाघरमा नभई डिजिटल प्लेफर्ममा रिलिज गर्ने निर्णय गरे।

तर यस निर्णयबाट सिद्धार्थ र रश्मिकाका प्रशंसकस निराश भएका छन्। उनीहरूलाई ठूलो पर्दामा हेर्न दर्शकको चाहना पूरा नहुने भएको छ।

प्रकाशित: २ मंसिर २०७९ ६:३३ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast