घात अन्तर्घात नगरी पार्टी निर्माणमा सबै एकजुट हुनुपर्छ : देउवा

हिमाल प्रेस २४ चैत २०८० १९:३२
8
SHARES
घात अन्तर्घात नगरी पार्टी निर्माणमा सबै एकजुट हुनुपर्छ : देउवा शेरबहादुर देउवा

 काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै एकजुट हुन आवश्यक रहेको बताएका छन्।

आज काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा पार्टीको क्षेत्रीय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै उनले सबैलाई आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न आह्वान गरे।

उनले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी तयारी गर्न र त्यसतर्फ एकजुट भइ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

‘आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी काम गर्नु अहिलेको आवश्यकता हो,त्यसतर्फ पार्टीका सबै साथीहरू एक भएर लाग्नुपर्छ। आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न जरुरी छ’,उनले भने,‘घात अन्तर्घात नगरी पार्टी निर्माणमा सबै एकजुट हौँ।’

त्यसअवसरमा सो पार्टीका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाली कांग्रेसले अब स्थिरताको बाटो खोज्नुपर्नेमा जोड दिए। ‘नेपाली कांग्रेसकै अगुवाइमा जनता र देशप्रति समर्पित भइ काम गर्नका लागि स्थिरता र विकासको बोटो खोज्नु आवश्यक छ’,उनले भने, ‘आर्थिक वृद्धिसहित समानतामूलक समाज निर्माण गर्ने हाम्रो संकल्प हो।’

प्रकाशित: २४ चैत २०८० १९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast