काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
राना थारू समुदायको खखडेहरा पर्वको अवसरमा सरकारले प्रदेश भरी सार्वजनिक बिदा दिएको हो। एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिनलाई खखडेहरा भन्ने गरिन्छ।
आज बिहान खखडेहरा फुटाएर राना थारू समुदायको सबैभन्दा ठूलो पर्व होरी सकिएको छ।
प्रकाशित: १९ चैत २०८० ८:५०
प्रतिक्रिया