काठमाडौँ- फिल्म ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक भएको छ। आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्मको टिजर १ मिनेट १५ सेकेन्डको छ। जसमा प्रेम र द्वन्द्व देख्न सकिन्छ।
‘चकलेटी हिरो’का छवि बनाएका आर्यन फिल्ममा एक्सन अवतारमा देखिनेछन्। टिजरमा अभिनेत्री उपासनासँगै नरेश भट्टराईलगायत कलाकार पनि टिजरमा अटाएका छन्।
‘डिसेम्बर फल्स’ बाट आर्यन लामो समयपछि पर्दामा फर्किदैछन्। प्रवीण झाको निर्देशन रहेको फिल्म पुस १५ मा प्रदर्शनमा आउनेछ।
प्रकाशित: २ मंसिर २०७९ ६:२२ | Friday, November 18, 2022
प्रतिक्रिया





