काठमाडौँको त्रिपुरेश्वरमा गुडिरहेको बसमा भएको आगलागी।
काठमाडौँ- काठमाडौँको त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परेर घाइते भएका बस चालकको मृत्यु भएको छ।
कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचाररत चालकको सोमबार साँझ नै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले पनि बस चालकको मृत्यु भएको पुष्टि गरे। ती चालकको सोमबार राति सवा सात बजे नै मृत्यु भएको उनले बताए।
सोमबार दिउँसो साढे १२ बजेतिर त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्टेन्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। यात्रु नभएको अवस्थामा भएको आगलागीमा परेर बसका चालक गम्भीर घाइते भएका थिए। अर्काको लाइसेन्स बोकेर हिँडेका उनको पहिचान खुलाउने क्रममा रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ६ असोज २०८३ ८:२७ | Tuesday, September 22, 2026
प्रतिक्रिया


