सभापति शेरबहादुर देउवा
काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले चैत २० गते दिउँसो २ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यका लागि पनि पौडेलले निर्देशन दिएका छन्। उपनिर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ।

प्रकाशित: १८ चैत २०८० १३:५३ | Sunday, March 31, 2024
प्रतिक्रिया




