विद्यार्थी विवरणबारे केन्द्रले गर्‍याे विद्यालयलाई यस्ताे आग्रह

हिमाल प्रेस १७ चैत २०८० १४:१३ | Saturday, March 30, 2024
विद्यार्थी विवरणबारे केन्द्रले गर्‍याे विद्यालयलाई यस्ताे आग्रह

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति पाएका विद्यार्थीको विवरण अद्यावधिक गराउन विद्यालयलाई आग्रह गरेको छ।

केन्द्रले एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७९ मा सामुदायिक विद्यालयको कक्षा ८ र कक्षा १० मा माध्यमिक तह (कक्षा ९–१२) का लागि विपन्न लक्षित छात्रवृत्ति पाउन योग्य विद्यार्थी यकिन गर्न निर्देशन दिएको हो।

केन्द्रले विद्यार्थीहरूले भरेको पीटीएम फारामका आधारमा ‘विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड २०८०’ अनुसार नतिजा विश्लेषण गरी साविकमा वितरण भए बमोजिम गर्न गराउन निर्देशन दिएको छ।

शैक्षिक सत्र २०७९ मा कक्षा ८ मा फाराम भरी छनोट भएका विद्यार्थीहरू शैक्षिक सत्र २०८० मा नियमित रूपमा कक्षा ९ मा सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका भए सो विवरणको यकिन गरी निजहरूको बैंक खाता खोल्न लगाउने केन्द्रको सूचनामा उल्लेख छ।

 सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

प्रकाशित: १७ चैत २०८० १४:१३ | Saturday, March 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast