अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फस्टलुक

हिमाल प्रेस १७ चैत २०८० ९:०१ | Saturday, March 30, 2024
अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फस्टलुक

काठमाडौँ- नायक अनमोल केसीको जन्मदिनको आज जन्म। यसै अवसर पारेर फिल्म ‘फर्की फर्की’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

पोस्टरमा अनमोल केसीलाई मात्र स्थान दिइएको छ। फस्टलुक अनमोल आफैले सेयर गरेका छन्।

जेठ १० गते रिलिज हुने लभ स्टोरी जानरामा बनेको चलचित्रलाई ओमप्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन्। फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता छन्।

‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका हुन्। अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिकामा रहेको चलचित्रमा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायत कलाकारको पनि अभिनय छ।

प्रकाशित: १७ चैत २०८० ९:०१ | Saturday, March 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast