‘क्रिप्टो किङ’ ब्यांकम्यान-फ्राइडलाई २५ वर्षको जेल सजाय

हिमाल प्रेस १६ चैत २०८० १९:०७
22
SHARES
‘क्रिप्टो किङ’ ब्यांकम्यान-फ्राइडलाई २५ वर्षको जेल सजाय

न्यूयोर्क (रासस/एएफपी)-  क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्यांकम्यान-फ्राइडलाई अमेरिकी अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ।

अमेरिकी जिल्ला न्यायाधीश लेविस कप्लानले फ्राइडले आफूमाथि लागेका आरोपप्रति कुनै पश्चाताप नमानेको बताएका छन्। छोटो अवधिमै अर्बपतिको सूचीमा परेका फ्राइडले जानाजान वित्तीय कानुनहरु आफूले उल्लंघन नगरेको दाबी गर्दै आएका थिए।

फ्राइडले अदालतसामु आफूले गल्ती भएको स्वीकार गरे पनि वित्तीय अपराध गरेकामा कुनै पश्चाताप गरेका थिएनन्।

न्यायाधीश कप्लानले फ्राइडलाई २५ वर्षको जेल सजाय तोक्नुका साथै अरु तीन वर्ष पनि निगरानीमा राख्ने गरी आदेश दिएका छन्। फ्राइडलाई ११ अर्ब अमेरिकी डलर भुक्तानी गर्न पनि आदेश दिइएको छ। उनले यो रकम विभिन्न व्यक्ति एवं संस्थाबाट चोरी गरेको अदालतले ठहर गरेको थियो।

फ्राइड छोटो अवधिमै क्रिप्टोको दुनियाँमा माथि पुगेका थिए, र उनी ३० वर्ष नपुग्दै अर्बपति भएका थिए। सन् २०१९ मा सानो स्टार्टअपका रुपमा सुरु गरेको एफटिएक्स क्रिप्टोलाई विश्वकै दोस्रो ठूलो क्रिप्टो करेन्सीमा रुपान्तरण गर्न उनी सफल भएका थिए।

तर नोभेम्बर २०२२ मा फ्राइडको ओरालो यात्रा सुरु भएको थियो। अलामेडा रिसर्चका अनुसार, फ्राइडले एफटीएक्सबाट अर्बौं डलर आफ्नो निजी हेज फन्डमा सारेका थिए।

प्रकाशित: १६ चैत २०८० १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast