आयरल्यान्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

हिमाल प्रेस १६ चैत २०८० १४:५७ | Friday, March 29, 2024
आयरल्यान्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

काठमाडौँ- आयरल्यान्ड ‘ए’ ले ट्वान्टी २० शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ सामू २२३ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेरे ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२२ रनको योगफल तयार पार्‍यो।

आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४९ रनको योगदान गरे। यसैगरी कप्तान नील रकले ३८ र काडे कारमाइकलले समान ३८, स्टेफन डोहिनीले ३४ गारेथ डेलानीले अविजित ३० र गाभिन होयले अविजित १८ रन बनाए।

दोस्रो विकेटका लागि मो र कारमाइकलले ८८ रनको साझेदारी गरे। नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीले तीन तथा सागर ढकाल र आरिफ शेखले समान एक विकेट लिए।

प्रकाशित: १६ चैत २०८० १४:५७ | Friday, March 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast