काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले आज एक सार्वजनिक सूचनामार्फत स्थानीय तहलाई तत्काल बक्यौता महसुल तिर्न आग्रह गरेको छ।
देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको भन्दै प्राधिकरणले उक्त रकम तत्काल तिर्न भनेको हो।
साथै प्राधिकरणले अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेको पाइएमा ऐनको बमोजिम विद्युत् लाइन काट्न चेतावनी समेत दिएको छ ।
प्रकाशित: १६ चैत २०८० ७:५०
प्रतिक्रिया