
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार गोलभेडा ठूलो (भारतीय) प्रति केजी न्यूनतम ७० रहेको छ भने अधिकतम ८० गोलभेडा सानो (लोकल) न्यूनतम ४० अधिकतम ५० आलु रातो न्यूनतम ४४ अधिकतम ४६, आलु रातो (भारतीय) न्यूनतम ३८ अधिकतम ४० रुपैयाँ कायम भएको छ।
प्याज सुकेको (भारतीय) न्यूनतम ७० देखि अधिकतम ७५ काउली स्थानीय न्यूनतम १५ अधिकतम २५ रुपैयाँ र बन्दा (लोकल) न्यूनतम २० अधिकतम २५ रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको समितिले जनाएको छ।
केरा दर्जन न्यूनतम १३० अधिकतम १४० र स्याउ (फूजी) प्रति केजी न्यूनतम ३०० अधिकतम ३५० रुपैयाँ कायम भएको छ।
हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति?
प्रकाशित: १५ चैत २०८० ८:३७
प्रतिक्रिया