आयरल्यान्डसँग लगातार दोस्रो जितको खोजीमा नेपाल

हिमाल प्रेस १३ चैत २०८० ६:४० | Tuesday, March 26, 2024
आयरल्यान्डसँग लगातार दोस्रो जितको खोजीमा नेपाल

काठमाडौँ- नेपाली क्रिकेट टोली र आयरल्याण्ड वुल्भ्सबीचको दोस्रो अभ्यास खेल आज हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ।

पहिलो खेलमा पाहुना टोलीमाथि ६ विकेटको सहज जित निकालेको नेपाली टोली दोस्रो खेलमा पनि जित निकाल्न चाहन्छ।

उता पाहुना टोली भने नेपाललाई पराजित गर्दै दुई खेलको सिरिज बराबरी गर्ने योजनामा छ।

आयरल्याण्डसँगको दुई टी–२० खेलपछि नेपाली टोलीभ फ्रेन्डशिप कपका भारत प्रस्थान गर्नेछ। गुजरातको वापीमा नेपाली टोलीले बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक फ्रेन्डशिप
कप खेल्नेछ।

नेपालले १८ गते गुजरात र २० मा बरोडा सँग खेल्नेछ। यस्तै २१ गते पुनः गुजरात र २३ गते बारोडाविरुद्ध खेल्नेछ। फाइनल खेल २५ मा हुनेछ।

आयरल्याण्डको टोलीले भने नेपालको ए टोलीसँग अभ्यास खेल खेल्नेछ। जसका लागि नेपालको टोली घोषणा भइसकेको छ।

प्रकाशित: १३ चैत २०८० ६:४० | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast